तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरु भएन

सिमकोट I नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान  सुरुआत हुन सकेको छैन ।

अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा  नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

५९  मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरु भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुुरू भइरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button