तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा निर्वाचनको तयारी पुरा, मतदानस्थलमा खटिए १६ सय १८ कर्मचारी

अर्घाखाँची । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । एकवटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा गरी कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा खटिएका छन् ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्मचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय  सुरक्षाकर्मी परिचालन गरिने डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिएका छन् ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँची जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । 

आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीकाका निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button