चिर्पट प्रहार गरी युवकको हत्या
सुनसरी । मोरङमा बूढीगंगा गाउँपालिका ७ बस्ने २३ वर्षीय करण सरदारको चिर्पट प्रहारबाट हत्या भएको छ ।
सरदारको हत्या गरेको अभियोगमा सोही गाउँपालिका ५ का २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका करणको गोल्डेन अस्पताल विराटनगरमा मङ्गलवार राति उपचारको क्रममा मृत्यु भएको हो । कात्तिक १८ गते साँझ भएको आपसी वादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्