तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय संकट बढेपछि पलायन हुँदै झापाका व्यवसायी

झापा । आर्थिक संकट बढेपछि झापाका व्यवसायी पलायन हुन थालेका छन् । बढ्दो वित्तीय सङ्कटका कारण व्यापार व्यवसाय गर्न नसक्ने अवस्था आएपछि उनीहरू पेशाबाटै पलायन हुन थालेका हुन् ।

बैङ्कहरूले ब्याजदर बढाएर ढाड सेक्ने नीति लिएपछि व्यवसायीहरू पलायनको अवस्थामा पुगेको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताउनुभयो ।

उहाँका अनुसार एकपछि अर्को गर्दै व्यवसायी पलायन भइरहेका छन्, धेरै व्यवसायीले घरधनीलाई सटर भाडा तिर्न सकेका छैनन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाका अनुसार उद्योगहरूले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ‘पुस पछाडि सबै उद्योगहरू धरासायी भइसक्छन्’, केन्द्रीय सदस्य डालमियाले भन्नुभयो, ‘अब धान्न सक्ने अवस्था छैन ।’

बैङ्कहरूले लगानीको ब्याजदरमा ह्वात्तै वृद्धि गरेपछि व्यवसायीहरू थप मारमा पर्नुका साथै आन्दोलित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button