पचरौता नगरपालिकाका नगर प्रमुखलाई आयोगले गर्यो २५ हजार जरिवाना

बारा । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई कारबाही गरेको छ ।
पचरौता नगरपालिकाको नगर प्रमुख जैसवारलाई २५ हजार जरिवाना गरेको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले उहाँलाई २५ हजार जरिवाना जरिवाना गरेको जनाएको छ ।
आयोगले पचरौता नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ । वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्