भोजपुर टुँडिखेलमा नमुना मतदान
भोजपुर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सहभागी गराएर भोजपुरमा नमुना मतदान गरिएको छ ।

निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभ्यास गराउने उद्देश्यका साथमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा नमुना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले जानकारी दिनुभयो ।

भोजपुर जिल्लामा निर्वाचनका लागि १ सय ५७ मतदान केन्द्र कायम गरिएको छ । जसमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण भएको हो ।








प्रतिक्रिया राख्नुहोस्