निर्वाचन नजिकिएसँगै धान काट्न मजदुरको अभाव
सुनसरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै सुनसरीका धेरैजसो स्थानीयहरू आ–आफ्ना नेताको चुनावी अभियानमा होमिएपछि धान काट्ने मजदुरको अभाव देखिएको छ ।
निर्वाचन आगमनसँगै अन्य जिल्लाबाट आउने ज्यालादारी मजदुर नआउँदा बाली कसरी भित्राउने भन्ने चिन्तामा स्थानीय किसान देखिन्छन् ।

पर्याप्त मात्रामा वैज्ञानिक कृषि प्रविधि नआएको र केही मात्रामा आएको भए पनि सबैको पहुँचमा नभएकाले धान काट्नुपर्ने समयमा मजदुरको मुख ताक्नुपर्ने समयमै मजदुर अभाव भएको बर्जूका किसान मोहन चौधरीले बताए ।
वैदेशिक रोजगारमा धेरै स्थानीय युवाहरू यतिखेर पनि दैनिक रुपमा विदेशिने गरेको कारणले समेत मजदुरको अभाव देखिएको इटहरी १३ सोमबारेका सुरज सरदारले जानकारी दिए ।
कार्तिक अन्तिम र मङ्सिर पहिलो हप्तामा सुनसरीमा एकसाथ धान काट्नुपर्ने मुख्य सिजन भएकाले मजदुरको अभाव खड्किएको छ ।








प्रतिक्रिया राख्नुहोस्