तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा सुनसरीमा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

सुनसरी । सुनसरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका गरि पाँच हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन हुने भएको हो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लामा एक हजार ४ सय ८१ जना नेपाल प्रहरी, दुई हजार ५ सय ९५ जना म्यादी प्रहरी ४० जना नेपाली सेना, ७ सय ३९ जना सशस्त्र प्रहरी, १९ जना राष्ट्रिय अनुसन्धानका गरि पाँच हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो । 

जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रजिअ यादवले जिल्लाको दुई वटा उपमहानगरपालिका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको चार वटा प्रतिनिधि सभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका एकसाथ पाँच हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन हुने भएको जानकारी दिनुभयो । 

निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी सहितको विभागको जनशक्ति परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button