तपाईँ सुन्दै हुनुहुन्छः

द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच एघार दस्ताबेजमा हस्ताक्षर

कम्बोडिया । कम्बोडिया र भियतनामले पारस्परिक सम्बन्ध र सहयोगलाई थप सघन तुल्याउन एघार वटा दस्ताबेजमा हस्ताक्षर गरेका छन् । 

 कम्बोडियाको भ्रमणमा रहनुभएका भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन र  कम्बोडियाका प्रधानमन्त्री सम्देच टेकोबीच हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले ती दस्ताबेजमा हस्ताक्षर गरेका  हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन् । 

सीमापार यातायात, कृषि, सीमावर्ती व्यापार प्रवद्र्धन, सञ्चार, सूचना तथा सञ्चार प्रविधि, धर्म, श्रम, बैङ्किङलगायत क्षेत्रमा द्विपक्षीय सहयोग समेटिएको उनले बताए । भेटवार्ताका क्रममा दुई नेताबीच द्विपक्षीय सहयोगका साथै साझा चासो र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो । भियतनामी प्रधानमन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा आजै कम्बोडिया आइपुग्नुभएको हो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button