नेपाली काँग्रेस मधेश प्रदेश समितिद्वारा चुनावी घोषणापत्र सार्वजनिक
जनकपुरधाम । नेपाली काँग्रेसको मधेशको कार्यसमितिले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एक कार्यक्रमबीच काँग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पति कृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा जनकपुरधाममा घोषणापत्र सार्वजनिक गरिएको हो ।
उक्त घोषणापत्रले काँग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० काम र अन्य प्राथमिकताको सम्बन्धमा उल्लेख गरेको छ ।
घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पिछडा वर्ग उत्थान, अन्तर प्रदेश सम्बन्ध र प्रदेश र सङ्घबिचको सम्बन्धमा विशेष जोड दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्