सत्ता गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने मन्त्री कार्कीकाे दाबी

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गतेकाे निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा सत्तारुढ गठबन्धनको प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले निर्वाचनबाट सत्ता गठबन्धनकाे दुई तिहाइ बहुमत आउने बताउनुभयाे ।
सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले जनताले चाहेको विकास र सम्मृद्धिकाे अभिलाशालाई नेपाली कांग्रेस नेतृत्वकाे गठबन्धन सरकारले साकार पार्ने बताउनुभयाे ।
सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने भन्नुहुँदै उहाँले देशमा राजनीतिक स्थीरता चाहिएकाेले पनि निर्वाचनपछि गठबन्धनकाे सरकार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
उहाँले सुनसरी खोलामा बर्सेनि आउने बाढीका कारण स्थानीय बासिन्दाहरू डुबानमा पर्ने र किसानले लगाएको बालीनालीमा क्षति पुग्ने समस्या समाधान गर्न बाँध निर्माणका लागि सरकारले बजेट विनियाेजन गरिसकेकाे बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्