तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफ्रिकाकाे अवैध खानीमा २१ कामदार मृत फेला

काठमाडौं । दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गको पश्चिममा रहेको क्रुगर्सडर्प क्षेत्रमामा रहेको खानीमा २१ जना कामदारहरू मृत फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

बुधवार १९ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । 

प्रहरीकाे उद्धार टोलीले खोजीको क्रममा बिहीबार थप दुई शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या २१ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button