तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको निस्दीमा गोरेटो बाटोबाट खसेर एक जना वृद्धको निधन

पाल्पा । पाल्पाको निस्दीमा सडकबाट लडेर एक जना वृद्धको निधन भएको छ ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजाली रहेका छन् । गोरेटो बाटोबाट खसेर सिंजालीको मृत्यु भएको हो ।
सिंजाली मङ्गलवार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब ३.४ मिटर तल खस्न गई घाइते हुनुभएको थियो ।
स्थानीयले उहाँलाई अचेत अवस्थामा देखेपछि स्थानीय र उहाँको छोरा समेतले उपचारका लागि रामपुर अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button