तपाईँ सुन्दै हुनुहुन्छः

कुस्ती खेललाई व्यवसायीकरण गर्न तालिम सेन्टर स्थापना गर्ने नगर प्रमुख सिंहको घोषणा

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले परम्परागत रुपमा हुँदै आएको कुस्ती प्रतियोगितालाई व्यवसायीक रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
छठपर्व समापन भएसँगै वीरगंज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सिंहले वीरगंज महानगरपालिकाले कुस्ती खेललाई व्यवसायीकरण गर्ने वीरगंजमा तालिम सेन्टर स्थापना गर्ने घोषणा गर्नुभयो ।
सो अवसरमा प्रतियोगिताका आयोजकहरूले नगर प्रमुख लाई ५१ किलोको माला लगाई सम्मान समेत गरेका थिए । प्रतियोगितामा नेपाल र भारतका ख्याति प्राप्त कुस्तीबाजहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button