विपन्न महिलाहरूलाई छठ सामग्री वितरण
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा छठ व्रतालु महिलाहरूलाई साडीसहित छठ सामग्री वितरण गरिएको छ ।
बिगत दुई वर्षदेखि आरभ ट्रेडिङ्ग जीतपुरकी सञ्चालक मालती देवीले विपन्न वर्गका ६ जना महिलाहरूलाई छठ सामग्री वितरण गर्नुभएको हो । आफ्नी नातिनी बिरामी भइरहँदा स्वास्थ्य लाभको कामनासहित छठ सामग्री वितरण गरिएको मालती देवीले जानकारी दिनुभयो ।
प्रत्येक छठ व्रतालु महिलाहरूलाई ५ किलो आटा, २ लिटर खाने तेल, २ किलो चिनी, १ किलो मिठा, साडी र ब्लाउज वितरण गरिएको मालती देवीका छोरा रनधिर गुप्ताले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्