विदेशी पर्यटक सुतेकै ठाउँमा मृत फेला
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ खारेमा एक क्यानेडियन नागरिक सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
मेरापिक हिमाल आरोहण गरेर फर्किएका क्यानेडियन नागरिक ५२ वर्षीय दानिएल क्लाउटर होटलमा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार आरोहण सकेर फर्किएका क्लाउटर खारेस्थित एक होटलमा बास बसेका थिए ।
मङ्गलबार बिहान गाइडले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव खारेबाट हेलिकप्टरमार्फत लुक्ला ल्याएर कानुनी प्रक्रिया पुरा गरी काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्