अछाममा साँझ साढे ७ बजेपछि देउसी भैलो खेल्न नपाइने
अछाम । अछाममा साँझ साढे ७ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै तिहार अवधिमा साँझ साढे ७ बजेपछि देउसी भैलो खेल्नमा रोक लगाएको हो । देउसी भैलो सुरक्षित र मर्यादित तवरले बिहान ६ बजे देखि साँझ साढे ७ बजे सम्म मात्रै खेल्न पाईने भएको हो ।
चाडपर्वको समयमा विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेले बताउनु भयो । सार्वजनिक स्थलमा मादक पर्दाथ सेवन नगर्न, बिजुली एवं मैनबत्ती जस्ता सामाग्रीको प्रयोग सावधानीपूर्वक गर्न उहाँको आग्रह छ ।
पटाका, अतिसबाजी जस्ता अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण, नगर्न नगराउन पनि प्रशासनले आग्रह गरेको छ ।
कानुनको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्