तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु

जनकपुरधाम । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा २ जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ बसबिट्टीका वर्ष १९ का अमित मिश्र र वडा नं. ९ का वर्ष १४ का वालक शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बत्ती जोड्ने क्रममा करेन्ट लागेका उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button