मकवानपुरमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
मकवानपुर । मकवानपुरमा रातिको ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन रातको समयमा देउसी खेल्न प्रतिबन्ध लगाएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा तिहारमा देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलापहरू राती ९ बजेसम्म मात्र सञ्चालन गर्न/गराउन अनुरोध गरिएको छ ।
यस्तै प्रशासनले तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य एवम् सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, ओसार÷पसार, विक्री वितरण तथा प्रयोग नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ । नजिकिँदै गरेको निर्वाचनमा शान्ति सुरक्षामा प्रभाव नपरोस् भनी रातभर देउसी खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्