गठबन्धन ऐतिहासिक आवश्यकता: प्रधानमन्त्री देउवा
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनद्वारा आयोजित कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले गठबन्धनले जिते संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने बताउनुभयो । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उहाँले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको उल्लेख गर्नुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका धेरैभन्दा धेरै सिट गठबन्धनले जित्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र सङ्घीयतालाई बचाउन परिवर्तनकारी शक्तिहरूलाई गठबन्धन मार्फत एक ठाउँमा उभ्याइएको जनाउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, दिगो शान्ति कायम गर्न र राष्ट्रलाई अन्धकारतर्फ धकेल्नबाट जोगाउन गठबन्धन गरिएको बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्