तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा पोखरामा

गण्डकी I प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुग्नुभएको छ ।

पोखरा रङ्गशालामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो । 

यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button