नवौं राष्ट्रिय खेलकुद: आर्मीको अग्रता कायमै
पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायमै राखेको छ ।

नवौं राष्ट्रिय खेलकुदको छैटौँ दिन चलिरहँदा आर्मीले १११ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम गरेको हो । आर्मीले ७६ रजत र ५३ कास्यसहित कुल २४० पदक हात पारेको छ ।
दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ३९ रजत र ४९ कास्य पदकसहित १३३ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३६ स्वर्ण, ४२ रजत र ६६ कास्य पदकसहित कुल १४४ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २३ स्वर्ण, २० रजत र ३९ कास्यसहित कुल ८२ पदक जित्दा बागमती प्रदेशले १८ स्वर्ण, ३३ रजत र ४२ कास्य पदकसहित ९३ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, ७ रजत, ६ कास्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २४ कास्यसहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण, २० रजत र ३४ कास्य पदकसहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्यसहित ३२ पदक जितेका छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ९ कास्य पदकसहित १२ पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्