तपाईँ सुन्दै हुनुहुन्छः

६७ औ प्रहरी दिवसको अवसरमा रोल्पामा अमर प्रहरीका परिवार सम्मानित 

रोल्पा I रोल्पामा ६७ औ प्रहरी दिवश २०७९  विविध कार्यक्रम गरी आज सोमबार मनाइएको छ I जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरूमा कार्यक्रम गरी प्रहरी दिवश मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव.उपरीक्षक. विनोद घिमिरेको अध्यक्षतामा तथा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा र  विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी  नवराज सापकोटा  लगायत अन्य कार्यालयका प्रमुख साथै अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीहरु  पत्रकार, प्रहरी कर्मचारी, सर्वसाधारणहरूको उपस्थितिमा प्रहरी दिवश मनाइएको हो ।

६७ औ प्रहरी दिवशको अवसरमा अमर प्रहरीका परिवारहरूलाई  जिल्ला प्रहरी कार्यालय रोल्पाले सम्मान गरेको छ I प्रमुख अतिथि नगर प्रमुख शुरेन्द्र थापा घर्ती  र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अमर प्रहरीका परिवार लक्ष्मी डाँगी, निमा थापा र निम कुमारी रानालाई  दोसल्ला ओढाई सम्मानित गर्नुभएको हो ।

प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र थापाले प्रहरी भएर नै समाजमा शान्ती सुरक्षा अमन चयन कायम भएको बताउनु भयो I प्रहरीले हरबखत २४ घण्टा घाम ,पानी नभनी नागरीकको सेवामा समर्पित भएकै कारण विभिन्न आपराधिक घटनामा कमी आएकोले आगामी दिनहरूमा पनि अझ सक्रियताका साथ लागी पर्न र जनताको ज्यु धनको रक्षा गर्न,अन्यायमा परेकालाइ न्याय दिनु प्रहरीको प्रमुख दायित्व भएको नगर प्रमुख थापा घर्तीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button