तपाईँ सुन्दै हुनुहुन्छः

छठपुजाका लागी विराटनगर महानगरपालिकाको पहलमा नहर तथा खोलाहरूमा सरसफाइ शुरु

छठपुजालाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहर तथा खोलानालाको  सफाई सुरु गरेको छ । 

महानगरपालिकाले छठुपुजालाई  मध्यनजर गदै सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहर तथा सिगिया तथा केशलिया खोलामा सफाई सुरु गरेको हो ।

 छैठ माताको पूजा अर्चना र सूर्यदेवलाई जल चढाउनका लागी नहर तथा खोला पोखरी तलाउको  प्रयोग गरिने भएकाले   महानगर क्षेत्रभित्रका सबै नहर तथा खोलानाला सफा गर्न थालिएको े विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । मेयर कोइरालाले सबै जातीय समुदायको आस्था जोडिएको छठ पुजाका लागी महानगरले आफनै पहलमा खोलानाला तथा नहरको सफाई गर्दै आएको बताउनुभयो ।

 हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् । विराटनगर महानगरपालिका पश्चिम क्षेत्रका भक्तजनले छैठपुजाका लागी सुनसरी मोरङ सिचाई आयोजनाको नहर तथा केशलिया खोलाको प्रयोग गर्दै आएका छनभने पूर्व छेत्रका भक्तजनहरूले सिगिया खोलाको प्रयोग गर्दै आएका छन् । यसैगरि भक्तजनहरूले पोखरी तलाउ हरूमा समेत छैठ पूजा गर्दै आएका छन् ।

छैठ पुजा लाई मध्यनजर गर्दै  महानगरले बिहान ६ बजेदेखि नै सफाई सुरु गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्न थालिएको  उहाँले बताउनुभयो  । 

विराटनगर I लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाईलाई तीव्रता दिइएको छ । छठ पर्वमा भक्तजनहरूले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । महानगरले  हरेक शुक्रबार महानगर सफाई विशेष अभियान पनि सञ्चालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button