तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परि बेपत्ता भएकामध्ये एक जनाको शव भेटियाे

कालिकोट I कालिकोटको तिलागुफा ४ राँचुली गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेको हो ।

उहाँको शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । यही असोज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १२ जनाको अवस्था थाहा हुन सकेको छैन ।

बाढी पहिरोमा परि कालीकोटमा सात जनाले ज्यान गुमाएका छन् भने अझै १६ जना बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button