काठमाडौंमा कलिंग साहित्य महोत्सव सुरु

काठमाडौं । दुई दिने कलिंग साहित्य महोत्सव काठमाडौंमा सुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिँग साहित्य महोत्सवले नेपाल र भारतको भाषा र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुवै देशले पारस्परिक समभावका साथ साहित्य र संस्कृतिको विश्वव्यापी पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भारतका बिरष्ठ साहित्यकार अशोक बाजपेयीले मौलिक भाषाहरू लोप हुन थालेको भन्नुहुँदै भाषाको संरक्षण र सम्बर्द्धनको विषयलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
भोलिसम्म चल्ने महोत्सवमा नेपाल र भारतका गरि दुई सय बढी साहित्यकारहरूको उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्