तपाईँ सुन्दै हुनुहुन्छः

अरिङ्गालको टोकाइबाट खोटाङमा एक जनाको मृत्यु, दुई घाइते

खोटाङ ।  खोटाङमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । 

अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २६ वर्षीय विनोद ठटालको मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ बजे बाटोमा हिँड्ने क्रममा बाटोमा रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् ।

घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button