अर्थतन्त्रलाई चलायमान बनाउन जनकपुर महोत्सव

जनकपुरधाम। कोरोना तथा आर्थिक मन्दिका कारणले सु–सुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि जनकपुरधाममा जनकपुर महेत्सव २०७९ सुरु भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको हाता भित्र सिया इभेन्टको आयोजनामा सुरु भएको महोत्सव अगामी असोज २९ गते शनिवारसम्म चल्ने मेलाका संयोजक राकेश महतोले जानकारी दिनु भएको छ । महोत्सवमा नेपाली उत्पादनका साथै बङ्गलादेश, पाकिस्तान, भारत तथा चीनका विभिन्न सामानहरूको ३२ वटा बिक्री कक्ष रहेको छ ।

महोत्सवमा बङ्गलादेशको कपडा तथा साडीहरू महोत्सवमा आउनेहरूले निक्कै मन पराइरहेको आयोजकले जनाएको छ । २ हजार देखि २५ हजारसम्मको बङ्गलादेशी साडी महोत्सवमा राखिएको छ । यसका साथै पाकिस्तानी छालाबाट बनेका सामानहरू पनि महोत्सवमा आउनेहरूले मन पराई रहेको आयोजकले जानकारी दिएको छ ।
यसै गरि महिला तथा पुरुषका लागि विभिन्न प्रकारका कपडाहरू, जुत्ताहरू, छालाका सामानहरू तथा अन्य प्रकारको दैनिक प्रयोगका सामानहरूको विक्रिकक्ष रहेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गर्नु भएको महोत्सवमा आज देखि ग्राहकको भिड बढ्न थालेको छ ।

महोत्सवको प्रचार प्रसार सँगै भिड बढ्न थालेको आयोजकले जनाएको छ । महोत्सवमा भएका सामानहरू बाहिर बजारमा पाउने भन्दा सस्तो तथा गुणस्तरीय भएको आयोजकले दाबी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्