तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा ८३ जना नयाँ एचआइभी सङ्क्रमित फेला

बाँके। भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो । 

अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button