१३ औं साग: पुरुष फुटबलमा अभिषेकको गोलमा नेपाललाई अग्रता
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो गोल गर्दै अग्रता लिएको छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे । उनको जारि प्रतियोगितामा तेस्रो गोल हो । यसअघि उनले भुटानविरुद्ध समूह चरण र माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।
यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्