तपाईँ सुन्दै हुनुहुन्छः

‘उत्साहजनक रुपमा मनोनयन दर्ता भइरहेको छ’

काठमाडौँ  । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता देशभर उत्साहवद्र्धक रुपमा भइरहेको छ ।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन पत्र दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

उम्मेदवारी दिने सिलसिलामा कतिपय उम्मेदवारको कागजपत्रका व्यवस्थापन सम्बन्धी समस्या परेकामा आयोगको केन्द्रिय कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट त्यसको  सहजीकरणको काम भइरहेको जानकारी दिइएको छ ।

अहिले मुलुकका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्धक्क भएर शान्तिपूर्ण वातावरणमा मनोनयन पत्र दर्ता गराइरहनुभएको छ । 

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button