तपाईँ सुन्दै हुनुहुन्छः

 यी हुन सल्यानबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार 

सल्यान  । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा सत्ता गठबन्धनका तीन दल र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन् । 

गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश सभा (क) मा नेकपा माओवादी र प्रदेश सभा (ख) मा नेपाली काँग्रेसको भाग परेको छ । 

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला उम्मेदवार बन्नु भएको छ । त्यस्तै प्रदेश सभा (क) मा नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा र प्रदेश सभा सदस्य (ख) मा सुरेश अधिकारी उम्मेदवार बन्नु भएको छ ।

यस्तै एमालेबाट प्रतिनिधि सभामा राजेन्द्र वीर राय उम्मेदवारी दिनु हुने भएको छ । त्यस्तै प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) मा गुलावजंग शाहको नाम टुङ्गिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button