तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ ९नेताहरू० सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ । सिट बाँडफाँटको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ ।”

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । 

छलफलमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी हुनुहुन्छ भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button