अध्यक्ष तिमिल्सिनाद्वारा जोशीको स्वास्थ्य लाभको कामना
काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशीलाई किष्ट अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
पिसाब र डेंगु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत जोशीलाई अध्यक्ष तिमिल्सिनाले बिहीबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो।
जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्