सिन्धुपाल्चोककै पहिलो बालमैत्री वडा ठूलो सिरुबारी
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी वडा न १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ ।
५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा न १३ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

आवश्यक सूचकहरू पुरा गरेपछि आज एक समारोहबिच चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नुभयो । यो आर्थिक वर्षमा कम्तीमा दुई वटा वडा बालमैत्री घोषणा गर्ने योजना रहेको मेयर सापकोटाको भनाई छ ।
२०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्