तपाईँ सुन्दै हुनुहुन्छः

ली चान्शुसहतिको चिनियाँ प्रतिनिधिमण्डलद्वारा भक्तपुरस्थित दरबार क्षेत्र अवलोकन

भक्तपुर । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसहतिको चिनियाँ प्रतिनिधिमण्डलले  भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गरेको छ । 

चिनियाँ सरकारको सहयोगमा भइरहेको पुर्ननिर्माण सम्पदा अवलोकनका लागि भक्तपुर पुग्नुभएका ली चान्शु सहितका टोलीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतीसहित उच्चपदस्थ कर्मचारीहरूले स्वागत गर्नुभएको छ । 

भ्रमणका क्रममा पुग्नुभएको लीसहितको टोलीलाई नगरपालिकाले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो । 

उक्तक्रममा अध्यक्ष चान्शुलाई नगरपालिकाका कर्मचारीहरूले सम्पदा पुनर्निर्माणमा भइरहेको प्रगतिको विषयमा जानकारी दिनुभयो । 

नेपालको चार दिने भ्रमणमा रहनु भएका लीले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button