तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले लियो आज पनि बयान

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । 

बयानका क्रममा  जबराले पूर्व प्रधानन्यायाधीश, न्यायाधीश र वरिष्ठ  वकिलहरूलाई लाञ्छना लगाएर आफू चोखिन खोजेको नेपाली कांग्रेसका सचेतक एवं समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । 

नेता विश्वकर्माका अनुसार सर्वोच्च अदालतको ठेक्का सदरबारे सोधिएको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश जबराले आरोप स्वीकार गर्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button