तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकार धार्मिक पर्यटन क्षेत्रको विकासमा लागेको छ’

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको धार्मिक पर्यटन क्षेत्रको विकासमा लागेको बताउनुभएको छ । 

आज टीकापुरमा जालवा देवि सेवा समिति टीकापुरको नवनिर्मित सभा हलको उद्घाटन गर्नुहुँदै मन्त्री रावलले हाम्रो समाजमा रहेका मठमन्दिर तथा गुम्बाहरूको संरक्षण र संवद्र्धन गर्न सके पर्यटकको आकर्षण बढ्ने र त्यसले यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

मन्त्री रावलले प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि पर्यापर्यटनका क्षेत्रमा पनि काम गरिरहेको बताउँदै त्यसमा यहाँका नागरिकहरूले पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

उहाँले प्रदेश सरकारको ५ वर्ष पुग्नै लाग्दा धेरैजसो पूर्वाधार विकासका क्षेत्रमा कामहरू गरेको बताउँदै सुदूरपश्चिमका टीकापुर, सेती प्रादेशिक र महाकाली अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति गर्दै लैजाने योजना रहेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button