प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको छलफल जारी छ ।
प्रतिनिधि सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।
छलफलका क्रममा सांसद्हरुले निर्वाचनको प्रक्रिया सुरु भइसेकेको भन्दै प्रतिनिधि सभाको कार्य अवधि थप्ने गरी विधेयक ल्याउन नहुने धारणा राख्नु भएको छ ।
सांसद्हरुले विधेयकमाथि एकल र संयुक्त गरी ११ वटा संशोधन प्रस्ताव राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्