तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट राई सर्वसम्मत

सोलुखुम्बु  । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानवीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिस सहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

प्रदेश सभा ‘क’ को प्रत्यक्षमा वर्तमान सांसद उत्तमकुमार बस्नेत र नेता महेश किराँतीको नाम सिफारिस भएको छ भने समानुपातिकमा सावित्रा भट्टराई, नरेन्द्र कुलुङ, लक्ष्मी कार्की बस्नेत, कल्पना गिरी, पार्वती राई र प्रभुराम कार्कीको नाम सिफारिसमा परेको छ ।

त्यस्तै, प्रदेश सभा ‘ख’मा वर्तमान सांसद बुद्धिकुमार राजभण्डारी, नेताहरू मिङमारछिरी शेर्पा, आशकुमार राई ‘शिशिर’ र दिपक राज भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकमा डिबी रानापाल, आङकाजी शेर्पा, कुमार राई, केशव खड्का र कल्पना राईको नाम सिफारिस गरिएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button