तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्नेगरी स्थगित

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्नेगरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि २ दिन भित्र सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी छलफल भएको नेताहरूले बताउनुभएको छ ।

भोलि साँझ ६ बजे बस्ने कार्यदलको बैठकले सबै कुरा टुङ्ग्याएर  प्रतिवेदन बनाउने र शीर्ष नेतृत्व समक्ष पेस गर्ने गरी काम गरिरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button