तपाईँ सुन्दै हुनुहुन्छः

पोखराबाट मुस्ताङ उडेको जहाजमा खराबी : आपत्कालीन अवतरण

कास्की । जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाज इन्जिनमा खराबी देखिएपछि ७ मिनेटमै पोखरामा आपत्कालीन अवतरण भएको छ ।

उक्त जहाज पोखराबाट बिहान ७ : ५९ बजे उडेको थियो । जहाज उडेको ७ मिनेटमा फेरि पोखरा विमानस्थलमा अवतरण भएको जानकारी पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले ।बताउनु भयो ।  पाइलटले जहाजमा खराब सङ्केत देखिएको भन्दै दायाँ इन्जिन अफ गरी जहाजलाई पोखराको आकाशमा एक फन्को लगाएर फेरि पोखरै अवतरण गराएका थिए ।

जहाजमा यात्रु थिए । जहाज पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरेपछि यात्रुमा रुवाबासी चलेको थियो । जहाजको आपत्कालीन अवतरण भए पनि विमानस्थलमा आकस्मिक तैनाथ गर्न भने नपरेको जानकारी सूचना अधिकारी सुवेदीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button