तपाईँ सुन्दै हुनुहुन्छः

निलम्बित प्रधानन्यायाधीश राणाको बयान आज पनि हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । आज पुन : ११ बजे राणालाई बयानका लागि बोलाइएको हो । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ ।

बुधबार समितिले सिंहदरबारमा जबराको बयान लिएको थियो । बुधबार बयान नसकिएपछि समितिले आज पनि बयान लिन लागेको हो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो । बुधबार उहाँले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो । बुधबार जबराले चार घण्टा बयान दिनुभएको थियो । बयानका क्रममा जबराले आफुमाथि प्रतिशोधका आधारमा महाअभियोग लगाइएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button