तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभरमा आज थप २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गर्दा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

file photo

यस्तै ४ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल देशभरमा ३ हजार ३ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५१ हजार २ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button