नारायणीमा हाम फालेर एक पुरुष बेपत्ता
चितवन । आज साँझ नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आज साँझ ५ बजेर ३५ मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित परिचय नखुलेको अन्दाजी २६ वर्षीय पुरुष हाम फालेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–०३प ५९२६ नं. को स्कुटर रोकेर ती पुरुष पुलबाट हाम फालेका थिए । हाम फालेको खबर प्राप्त हुने बित्तिकै वडा प्रहरी कार्यालय नारायणगढको टोलीद्वारा खोजतलास कार्य भइरहेको छ । हालसम्म उनलाई फेला पार्न सकिएको छैन ।








प्रतिक्रिया राख्नुहोस्