तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रतियोगिताका लागि झापामा ४४९ खेलाडी छनोट

झापा । १ नं प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापाबाट ४४९ खेलाडी छनोट भएका छन् ।

यही भदौ ३ देखि १० गतेसम्म सञ्चालन भएको जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट ती खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका हुन् ।

कूल २७ विधामा खेल भएकोमा सबै खेलका खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिनुभयो ।

छनोटमा परेका खेलाडीले भदौ २४ देखि असोज ८ सम्म सञ्चालन हुने १ नं प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् ।

जिल्ला स्तरीय छनोट खेलमा करिब नौ सय खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, भारोत्तोलन, टेबल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आइटीएफ तेक्वान्दो, सुटिङ, खो–खो, पौडी, शारीरिक सुगठन, सेपाक्ताक्रा, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेल समावेश गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button