‘विकासका बाँकी काम पूरा गर्न कांग्रेस नेतृत्व आवश्यक’
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले नुवाकोटको लागि बाँकी रहेका पूर्वाधार विकास पूरा गर्न काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

नुवाकोटको लिखु गाउँपालिका–४ मा आज आयोजित ‘तिज विशेष कार्यक्रम’मा प्रवक्ता डा महतले कांग्रेस नेतृत्वमा यसअघि गरिएका विकासलाई संस्थागत गर्दै बाँकी योजना पूरा गर्न आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ मा काँग्रेसको सक्षम व्यक्ति उम्मेदवारको रुपमा प्रस्तुत हुने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा रामशरण महतले देशको अर्थतन्त्र खस्कँदै गएकाले सुधार गरेर समृद्ध नेपाल निमार्ण गर्न आगामी चुनावमा काँग्रेसलाई बहुमतले विजयी गराउन आग्रह गर्नुभयो ।

‘लिखु उद्यमी तथा सामाजिक संस्था स्थानीय सरोकार समिति’ आयोजक र लिखु गाउँपालिका सह–आयोजकको रुपमा लिखु–४ चौघडामा गरिएको कार्यक्रममा कांग्रेसका नेता द्वयले हरितालिका तीज पर्वलाई सबै जाती, समुदायको साझा पर्व र संस्कृतिको जगेर्ना गर्ने गरेर भड्किलोरहित बनाउन सुझाव दिनुभयो ।
सो अवसरमा महिला तथा विद्यालय तहका छात्राले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
रासस








प्रतिक्रिया राख्नुहोस्