तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ गठबन्धन दलको कार्यदलको बैठक जारी

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँडको टुङ्गो लगाउन  सत्तारुढ गठबन्धन दलको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट सङ्ख्याको टुङ्गो लगाउन र सिट बाँडफाँडको आधारलाई अन्तिम रूप दिने गरी छलफल जारी रहेको नेताहरूले बताउनुभएको छ । 

यस अघि सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button