केराबारीमा पहिरो: नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । केराबारीमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
आज साँझ साँढे पाँच बजे भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा पहिरो गएको हो ।
माथिबाट लेदो सहितको पहिरो खस्दा दुवैतर्फको बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्