तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको पर्यटनमन्त्री श्रेष्ठद्वारा शुभारम्भ 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गर्नुभएको छ । 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो । स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिमको शुभारम्भ गर्नुहुँदै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरूले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताउनुभयो । 

पहिलो चरणमा विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदा मार्ग क्षेत्रका स्थानीय युवाहरूलाई तालिममा सहभागी गराइएको छ । यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै   पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिममा स्थानीय महत्त्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाको जानकारी दिइनेछ । साथै उनीहरूलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी दिइनेछ । 

हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताउनुभयो । यस क्षेत्रमा रहेका परम्परागत नेवा: शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौँको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।  सम्पदा मार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ छ । 

प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम सञ्चालन गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम सञ्चालनको विषय समेट्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button